Rule 10
क्वारेन्टाइन प्रमाणपत्र
(१) पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची–२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ ।
(२) देहायका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नु पर्दा अनुसूची–३ को देहायका फाराममा तोकिएको ढाँचामा क्वारेन्टाइन अधिकृत वा विभागले तोकेको भेटेरिनरी अधिकृतले स्वास्थ्य वा सेनिटरी प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ ः-
(क) कुकुर तथा विरालोको लागि फाराम–१
(ख) घर पालुवा तथा जङ्गली पशुको लागि फाराम–२
(ग) पशुको वीर्यको लागि फाराम–३
(घ) पशुको मासुको लागि फाराम–४
(ङ) पशु आहारा, औद्योगिक वा औषधिको रुपमा प्रयोग हुने पशुजन्य पदार्थको लागि फाराम–५
(च) घोडा जातिका पशुको लागि फाराम–६
(छ) पंक्षीका लागि फाराम–७
(ज) विभिन्न पंक्षीका फुल तथा एक दिने चल्ला वा भर्खर कोरलिएका चल्लाको लागि फाराम–८
(३) उपनियम (२) बमोजिम जारी गरिएको प्रमाणपत्र जारी गरेको मितिले दश दिनसम्मको लागि मान्य हुनेछ ।